दमकको भट्टराई प्रतिष्ठानमा मृत दिपेन्द्रको मृत्युमा अनुसन्धान

दमकको भट्टराई प्रतिष्ठानमा मृत दिपेन्द्रको मृत्युमा अनुसन्धान
दमक । झापाको दमक –४ स्थित भट्टराई कुल वंश प्रतिष्ठानका कार्यालय सचिव दिपेन्द्र भट्टराईले प्रतिष्ठान कार्यसमितिको दबाबका कारण आत्महत्या गरेको परिवारले दाबी गरेको छ ।
दिपेन्द्र आत्महत्या गर्दा लेखेको सुसाईड नोटमा समेत कार्यालयबाट तीन महिनाको तलब पाउन बाँकी रहेको लेखेको भेटिएको परिवारको दाबी छ ।
त्यसैगरी प्रतिष्ठान परिसरमा निर्माणाधिन संरचनाहरुको भुक्तानीका लागि समेत निर्माण समिति हुँदा हुँदै समितिका जिम्मेवार व्यक्तिहरुलेनै कार्यालय सचिव ( दिपेन्द्र)को नाउँमा पेस्की रकम निकाल्न लगाएको खुल्न आएको छ ।
निर्माण समितिले पेश्की रकम लिकालेर ठेकेदारलाई भुक्तानी गर्नु पर्नेमा कार्यालय सचिवको नाउँमा लाखौं रकम पेस्की निकालेर समितिले रकम लिएको र पेस्की फछ्र्यौटको लागि कार्यालय सचिवलाई दबाब दिएको पनि स्रोतहरुले जनाएका छन् ।
प्रतिष्ठानको खातामा करोडौं रकम भए पनि तीन महिना देखीको तलब भुक्तानी नदिनु र निर्माण समितिलाई बुझाएको रकमलाई समेत पेस्की फछ्र्यौटका लागी दबाब दिँदा दोहोरो तनाबमा परेका दिपेन्द्रले सोही कारण आत्महत्या गरेको हुनसक्ने अनुमान गर्न सकिन्छ ।
गत असार २२ गते अपरान्ह ४ बजे भट्टराई प्रतिष्ठानको कम्पाउण्डभित्र रहेको बाँसको झ्याङमा सोही ठाउँ बस्ने ५३ वर्षीय कार्यालय सचिव दिपेन्द्रले नाईलनको डोरीको पासो लगाई आत्महत्या गरेका हुन् ।
भट्टराईले आत्महत्या गरेको बिषयमा अनुसन्धान भइरहेको र सबै पाटोबाट अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।

ताजा समाचार

लोकप्रिय