उर्लाबारी । मोरङको उर्लाबारी–६ मा निर्माणधिन बसपार्क क्षेत्रमा ‘अमर्यादित हर्कत’ हुने गरेको पाइएको छ । लागु औषध सेवनकर्तादेखि प्रेमी जोडीहरुले यहाँ ‘अमर्यादित हर्कत’ देखाउने गरेका हुन् ।
एकान्त स्थान भएका कारण पनि कसैको नजर नपरेको मौका छोपेर प्रेमी जोडीहरु ‘अमर्यादित हर्कत’ देखाउने गरेका छन् । यहाँ इभिनिङवाकमा पुग्नेहरु उनीहरुको हर्कतले आजित भएका छन् । लागु औषध प्रयोगकर्ताहरुसमेत सो क्षेत्र आसपासका भेटिने गरेको स्थानीय बताउँछन् ।
यता इलाका प्रहरी कार्यालय उर्लाबारीले बस पार्क क्षेत्रमा ‘अमर्यादित हर्कत’ हुने गरेको सूचना पाएपछि गस्ती बढाएको छ । सार्वजनिक स्थलमा ‘अमर्यादित हर्कत’ गर्ने भेटिए कानुन बमोजिम कार्वाही हुने उर्लाबारी प्रहरीले जनाएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय