मोरङको उर्लाबारीमा चैत २७ गतेदेखि सुरु हुने तेस्रो उर्लाबारी भेट्रान फुटबल प्रतियोगिताका लागि व्यापक तयारी भइरहेको छ। आयोजक उर्लाबारी भेट्रान्स फुटबल क्लबका अनुसार प्रतियोगितामा कोशी प्रदेशका १० टिमको सहभागिता रहनेछ। खेल उर्लाबारी–६ स्थित राधिका माविको मैदानमा आयोजना हुनेछ।

५ लाख रुपैयाँ खर्च अनुमान गरिएको प्रतियोगितामा विजेताले १ लाख १ हजार र उपविजेताले ५१ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। प्रतियोगिता सफल बनाउन उर्लाबारी नगरपालिका, विभिन्न संघसंस्था तथा स्थानीय सहयोगीहरू सक्रिय छन्। अध्यक्ष दिपक पोमुका अनुसार खेल मैदान व्यवस्थापनदेखि प्रतियोगिता सञ्चालनसम्मका सबै तयारी तीव्र पारिएको छ। आयोजक टोली खेल प्रेमीहरूलाई उत्कृष्ट प्रतियोगिता प्रदान गर्न कटिबद्ध रहेको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय