
दमक / समाजको सच्चा सहारा बन्ने लक्ष्यसहित अघि बढिरहेको सुदर्शन बचत तथा ऋण सहकारी संस्था लि. ले आफ्ना दुःखी शेयर सदस्यहरूलाई आर्थिक राहत प्रदान गर्दै आएको छ। यसै क्रममा संस्थाले झापा र मोरङका दुई जना पीडित सदस्यलाई ५० हजार रुपैयाँ राहत हस्तान्तरण गरेको छ।
आगलागी पीडित र मिर्गौला प्रत्यारोपण गराएकालाई सहयोग गत माघ २१ गते भएको आगलागीबाट घरबारविहीन भएकी झापा, कमल–५, सितापुरीकी मनिका राईलाई २० हजार रुपैयाँ र मोरङ, मिक्लाजुङ–९ निवासी, हालै मिर्गौला प्रत्यारोपण गराएका टेक बहादुर श्रेष्ठलाई ३० हजार रुपैयाँ राहत प्रदान गरिएको हो।
संस्थाका प्रमुख कार्यकारी अधिकृत थरेन पौडेल, आर्थिक प्रशासन विभाग प्रमुख नरेन्द्रबिक्रम शेर्मा, ऋण अधिकृत शिव खडका, लेखा सदस्य सचिन रौनियार लगायतको टोलीले राहत हस्तान्तरण गर्न पीडितहरूको घरमै पुगेर सहयोग गरेका थिए।
कल्याणकारी योजनाअन्तर्गत विभिन्न राहत सुविधा
सुदर्शन बचत तथा ऋण सहकारी संस्था लि. ले सञ्चालन गर्दै आएको शेयर सदस्य कल्याणकारी योजना अन्तर्गत सदस्यहरूले प्राणघातक रोग, आगलागी, दुर्घटना, शल्यक्रिया लगायतका नौ प्रकारका समस्यामा ५ हजारदेखि २ लाख ५० हजार रुपैयाँसम्म राहत प्राप्त गर्न सक्छन्।
यस आर्थिक वर्षमा मात्रै संस्थाले २७ जना मृतकका परिवारलाई राहत, १० जनालाई शल्यक्रियाका लागि सहयोग, ४ जनालाई सन्तान जन्मको राहत, १ जनालाई दैवी प्रकोप राहत र १ जना प्राणघातक रोग पीडितलाई आर्थिक सहयोग प्रदान गरिसकेको छ।
समाजको साँचो अभिभावक
संकटमा साथ दिने, पीडितलाई हात दिने, समाजको वास्तविक साथी बन्ने संस्थाका रूपमा सुदर्शन बचत तथा ऋण सहकारी संस्था लि. लोकप्रिय बन्दै गएको छ। आम सदस्यहरूले गर्वका साथ भन्छन्
“यो मात्र सहकारी होइन, हाम्रो आफ्नै सहारा हो।”