उर्लाबारी । उर्लाबारी फुटबल क्लबको आयोजनामा मोरङको उर्लाबारी-६ स्थित राधिका माविको खेल मैदानमा जारी दोस्रो अन्तर कलेज रनिङ फुटबल प्रतियोगिताअन्तर्गत आज सम्पन्न पहिलो खेलमा मोरङ मोडल कलेजले शानदार जित हासिल गरेको छ।मोरङ मोडल कलेजले विद्या ज्योति इंग्लिस बोर्डिङ स्कुललाई ५-० गोल अन्तरले पराजित गर्दै आफ्नो विजय यात्रा प्रारम्भ गरेको हो। खेलमा उत्कृष्ट प्रदर्शन गरेका मोरङ मोडल कलेजका जर्सी नं १८ का किरण आले मगर ‘म्यान अफ द म्याच’ घोषित भए।खेलको उद्घाटन समारोह क्लबका अध्यक्ष दिपेन्द्र धिमालको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथि उर्लाबारी नगरपालिकाका उपप्रमुख मिना खतिवडा पौडेल रहनुभएको थियो। उद्घाटन कार्यक्रममा मोरङ जिल्ला फुटबल संघका अध्यक्ष सन्जिव बुढाथोकी, वडा नं ३ का अध्यक्ष भिष्मराज बुढाथोकी, वडा नं ८ का अध्यक्ष कुल बहादुर कार्की, वडा सदस्य मान बहादुर धिमाल, विनोद धिमाल, सचिन शाक्य, दिपक पोमु, सुरेन्द्र लिम्बू, पवन थापा लगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा शुभकामना मन्तव्य सचिन शाक्यले दिनुभएको थियो।

भोलिको खेल सप्तकोसी आ.मा.वि. र पशुपति आ.मा.वि. बीच हुने आयोजक क्लबका सचिव घनश्याम भण्डारीले जानकारी दिनु भयो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय