मोरङ, १६ चैत। मोरङको विराटनगर-१५ स्थितबाट लागूऔषध ब्राउन सुगर सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

चैत १५ गते दिउँसो लागूऔषध नियन्त्रण ब्युरो, विराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा पैदल यात्रा गरिरहेका सुनसरी इटहरी-५ निवासी ३४ वर्षीय कुमार दाहाललाई शंका लागि रोक्ने क्रममा उनको साथबाट १ ग्राम ५३ मिलिग्राम ब्राउन सुगर फेला परेको हो।

पक्राउ परेका दाहाललाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय, रानीमा राखिएको प्रहरीले जनाएको छ। लागूऔषध ओसारपसार तथा विक्री वितरणमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिन प्रहरी सक्रिय रहेको समेत बताइएको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय