उर्लाबारी । उर्लाबारी फुटबल क्लबको आयोजनामा उर्लाबारी-६ स्थित राधिका माविको खेल मैदानमा जारी दोस्रो अन्तर कलेज रनिङ फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा पशुपति आ. मा. वि. ले शानदार जित हासिल गरेको छ।

आज सम्पन्न खेलमा उर्लाबारी ७ को पशुपति आ. मा. वि. ले सप्तकोशी आ. मा. वि. लाई ५-० को फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगितामा आफ्नो विजयी सुरुआत गरेको हो। खेलमा उत्कृष्ट प्रदर्शन गरेका पशुपति आ. मा. वि. का जर्सी नं ८ का अर्जुन अधिकारी ‘म्यान अफ द म्याच’ घोषित भए।

चैत्र १५ देखि २५ गतेसम्म संचालनहुने प्रतियोगिताको भोलि हुने तेस्रो खेल होली चाईल्ड इङलिस बोर्डिङ स्कुल र सुनगाभा आ. मा. वि., उर्लाबारी-६ बीच हुने आयोजक क्ल्बका सचिव घनश्याम भण्डारीले जानकारी दिनु भयो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय