उर्लाबारी,मजदुरहरुकाे हकहितका लागि सदैव अघि बढेकाे स्वतन्त्र निर्माण व्यवसायी मजदुर संघ, उर्लाबारीले आज विशेष सम्मान तथा नयाँ वर्ष २०८२ सालकाे क्यालेन्डर सार्वजनिक गरेकाे छ। संघकाे कार्यकक्षमा भेला भई उक्त कार्यक्रमको आयोजना गरेको हाे ।संस्थाका सल्लाहकार गंगा प्रसाद खरेल,जयधर्म आचार्य,दिपेन्द्र धिमाल, केदार चौहान,राजेन्द्र शाक्य,बिनोद न्यौपाने र सोमनाथ दाहाललाई दोसल्ला ओढाइ सम्मान पत्र प्रदान गरिएको छ।संघले विभिन्न चाडपर्व ,दिवसमा विभिन्न कार्यक्रम गर्दै आएकाे छ। बाबा विश्वकर्मा पूजा, मजदुर दिवस्,हाेलि विशेष कार्यक्रम गर्दै आएकाे छ।

मजदुरहरुकाे दु:खसुखमा साथ सहयाेग गर्दै आएकाे संघका अध्यक्ष भगिराज खड्काले (युवराज)बताउनु भयाे। २०६३ सालमा स्थापना भएर निरन्तर मजदुरका पक्षमा आवाज उठाउदै आएकाे संस्थामा ५ सय बढी मजदुर आवद्ध रहेका छन्।
कार्यक्रम संघका सचिव वुलन पासवानले सञ्चालन गर्नुभएकाे थियाे भने अध्यक्ष भागिराज खड्काले स्वागत मन्तव्य व्यक्त गर्दै कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नु भएकाे थियाे । सो अवसरमा सम्मानित सल्लाहकार जयधर्म आचार्यले शुभकामना मन्तव्य राख्नु भएकाे थियाे


यसैगरी संघ निर्माण व्यवसायी मजदुरहरूको हकहित संरक्षण र व्यवसायिक विकासका लागि निरन्तर क्रियाशील रहँदै आएको छ। यस सम्मान कार्यक्रमले संघको सक्रियता र योगदानलाई थप सशक्त बनाउने अध्यक्ष खड्काले बताउनुभएकाे थियाे। आगामी दिनमा मजदुरलाई सम्मान्,स्वास्थ्य शिविर,उद्घाेषण तालिम, मजदुर र्यालि लगायतका रचनात्मक कामगरी संघलाई चलायमान वनाउने अध्यक्ष खड्काले बताउनु भयाे ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय