
उर्लाबारी । उर्लाबारी ४ विशाल टोलका समरबहादुर विश्वकर्माको खेतमा राखिएको परालको माचमा अचानक आगलागी भएको छ। आगलागीको खबर पाएपछि स्थानीयवासी, प्रहरी र उर्लाबारी नगरपालिकाको दमकल टोलीले तत्काल घटनास्थल पुगेर आगो नियन्त्रणमा लिएका छन्।
वडा सदस्य शेखरनाथ दाहालका अनुसार आगलागी नियन्त्रणमा आइसकेको छ तर आगलागीको कारण खुल्न सकेको छैन। आगलागीबाट भएको क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको छ।
स्थानीयवासीका अनुसार आगलागी अचानक भएको हो र यसले परालका माचमा ठूलो क्षति पुर्याएको अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।