
उर्लाबारी । मोरङको उर्लाबारीमा संचालित दोस्रो अन्तर कलेज रनिङ फुटबल प्रतियोगिता अन्तरगत आज भएको खेलमा होली चाईल्ड इङलिस बोर्डिङ स्कुललाई हराउदै सुनगाभा आ मा वि प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । उर्लाबारी ६ स्थित राधिका माध्यमिक विद्यालयको खेल मैदानमा जारी दोस्रो अन्तर कलेज रनिङ फुटबल प्रतियोगिता अन्तरगत तेस्रो दिन आज भएको खेलमा होली चाईल्ड इङलिस बोर्डिङ स्कुललाई ३–० गोल अन्तरले हराउदै सुनगाभा आ मा वि सेमिफाइनलमा प्रवेश गरेको हो ।
आजको खेलको म्यान अफ दि म्याच सुनगाभा आ मा वि जर्सी नं ८० का युग थापा मगर घोषित भए । उनले मेडल सहित नगद रु १ हजार ५ सय रुपैया हात पारे ।
कलेज स्तरमा रहेका खेलाडीहरुको प्रतिभा प्रष्फुटन गर्ने उद्देश्यका आयोजना गरीएको प्रतियोगितामा उर्लाबारीमा रहेका सरकारी र निजी विद्यालयका गरी ११ वटा विद्यालयको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले १ लाख १ हजार र उपविजेताले ५१ हजार रुपैयाँ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्ने आयोजकले जनाएको छ । भोलीको खेल सुनपकुवा मावि र नेपाल दर्शन कलेज उर्लाबारी ७ का विचमा हुने क्लवका सचिव घनश्यम भण्डारीले बताउनु भयो । चैत्र १५ गतेदेखि संचालित प्रतियोगिता चैत्र २५ गते सम्पन्न हुने छ ।