
उर्लाबारी । मोरङको उर्लाबारीमा संचालित दोस्रो अन्तर कलेज रनिङ फुटबल प्रतियोगिता अन्तरगत आज भएको खेलमा नेपाल दर्शन कलेजलाई हराउदै सुनपकुवा मा वि प्रतियोगिताको अर्को स्थानमा प्रवेश गरेको छ ।
उर्लाबारी ६ स्थित राधिका माध्यमिक विद्यालयको खेल मैदानमा जारी दोस्रो अन्तर कलेज रनिङ फुटबल प्रतियोगिता अन्तरगत चौथो दिन आज भएको खेलमा नेपाल दर्शन कलेजलाई २–० गोल अन्तरले हराउदै सुनपकुवा मा वि ले जीत हासिल गरेको हो ।
आजको खेलको म्यान अफ दि म्याच सुनपकुवा मा वि जर्सी नं १० का रुपेश धिमाल घोषित भए । उनले मेडल सहित नगद रु १ हजार ५ सय रुपैया हात पारे ।
कलेज स्तरमा रहेका खेलाडीहरुको प्रतिभा प्रष्फुटन गर्ने उद्देश्यका आयोजना गरीएको प्रतियोगितामा उर्लाबारीमा रहेका सरकारी र निजी विद्यालयका गरी ११ वटा विद्यालयको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले १ लाख १ हजार र उपविजेताले ५१ हजार रुपैयाँ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्ने आयोजकले जनाएको छ । भोलीको खेल उर्लाबारी ६ को राधिका मावि र मोरङ मोडल कलेजका विच हुने क्लवका सचिव घनश्यम भण्डारीले बताउनु भयो । चैत्र १५ गतेदेखि संचालित प्रतियोगिता चैत्र २५ गते सम्पन्न हुने छ ।