उर्लाबारी । आगामी चैत्र २६ गते हुने नगर अधिवेशनलाई लिएर नेकपा (एमाले) का कार्यकर्तामा उत्साह छाएको छ। विशेष गरी उपाध्यक्ष पदका प्रत्यासी सुरेश शाक्यको नाम चर्चामा आएपछि पार्टी पंक्तिमा नयाँ उर्जा थपिएको छ। लामो समयदेखि पार्टी र सामाजिक सेवामा समर्पित शाक्यको उम्मेदवारीले कार्यकर्ताबीच ठूलो आशा र भरोसा पैदा गरेको छ।

विक्रम संवत २०३४ सालमा उर्लाबारी-६, हाटखोलामा जन्मिएका शाक्य कम्युनिस्ट पृष्ठभूमिमा हुर्किएर युवासंघको अञ्चल सदस्यदेखि युथ फोर्सको केन्द्रीय सदस्यसम्मको जिम्मेवारी सम्हालिसकेका अनुभवी नेता हुन्। सामाजिक कार्यमा विशेष योगदान दिएका उनी लोकप्रिय, सालिन र दृढ विचार बोकेका व्यक्तित्वका रूपमा परिचित छन्।

विशेषगरी युवामाझ उनको उर्जा, समर्पण र नेतृत्व क्षमताले उनलाई ‘युवाको ढुकढुकी’ बनाएको छ। पार्टी संगठन सुदृढ पार्न तथा सामाजिक कार्यलाई प्रवर्द्धन गर्न उनले खेलेको भूमिकालाई कार्यकर्ताले उच्च सम्मान गर्दै आएका छन्।

नगर अधिवेशन नजिकिंदै गर्दा सुरेश शाक्यको उम्मेदवारीले उर्लाबारीका एमाले कार्यकर्तामा थप जोश भरिएको छ। उनलाई उपाध्यक्ष पदमा जिताउन समर्थकहरू सक्रिय देखिन्छन ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय