उर्लाबारी नेकपा एमाले उर्लाबारीको दोस्रो नगर अधिवेशन नजिकिँदै गर्दा नेता तथा कार्यकर्तामा उत्साह थपिएको छ। यही चैत २६ गते हुने अधिवेशनका लागि नगर कमिटीमा सक्रिय रूपमा योगदान दिन इच्छुक युवा नेताहरू तयारीमा जुटिरहेका छन्।

यसैबिच उर्लाबारी-७ बरगाछी निवासी नितम चौहान नगर कमिटीको सह-सचिव पदका लागि बलियो दाबेदारका रूपमा अघि सरेका छन्।

वि.सं. २०७३ सालदेखि राष्ट्रिय युवा संघ नेपालमार्फत सकृय राजनीति थालेका चौहानले वि.सं. २०७४ सालमा ७ नम्बर वडाको युवा संघ वडा कमिटी सचिवका रूपमा संगठनलाई मजबुत बनाउँदै आएका छन्। हाल उनी युवा संघ उर्लाबारी नगर कमिटीको संयोजकका रूपमा कार्यरत छन् । उर्लाबारीमा उनले प्रभावशाली युवा नेताको छवि बनाएका छन्।

पछिल्लो समय राजनीतिप्रति सर्वसाधारणको विश्वास केही खस्किएको सन्दर्भमा चौहान युवाले नेतृत्वदायी भूमिका खेल्नुपर्ने आवश्यकतामा जोड दिन्छन्। उनी भन्छन्, “नेताहरूले केही गरेनन् भनेर वितृष्णा पाल्नेभन्दा आफैं नेतृत्वमा गएर सकारात्मक परिवर्तन ल्याउनु आजको आवश्यकता हो।”

चौहानले पार्टी शुद्धीकरण, युवाहरूको प्रभावकारी भूमिका स्थापित गर्ने तथा उर्लाबारीको समृद्धिका लागि स्पष्ट रोडम्याप तयार पार्ने लक्ष्य राख्दै सह-सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

सहयोगी भावना भएका, शालीन र न्यायप्रेमी युवा नेताका रूपमा परिचित चौहान राजनीतिक गतिविधिसँगै विभिन्न सामाजिक संघसंस्थामा पनि सक्रिय छन्। लायन्स क्लब अफ उर्लाबारीको पूर्व अध्यक्ष रहिसकेका उनी उर्लाबारी उद्योग वाणिज्य संघको सदस्य पदमा लोकपृय मतका साथ निर्वाचित भई सफल कार्यकाल पूरा गरिसकेका छन्।

उनी उर्लाबारी जेसीजमा समेत सकृय रहँदै विभिन्न सामाजिक अभियानहरू सञ्चालन गर्दै आएका छन्। विशेषगरी, उनले विपन्न समुदायका लागि औषधि उपचार तथा आधारभूत आवश्यकताहरू पूरा गराउने कार्यमा विशेष योगदान पुर्‍याउँदै आएका छन्।

पार्टी र भातृ संगठनका कार्यमा निस्वार्थ भावना राखी समर्पित चौहानलाई जिताउन नेताहरू लागिपरेका छन्। एमाले मोरङ जिल्ला कमिटीका सदस्य समेत रहेका उर्लाबारीका एक नेताकाअनुसार चौहानलाई सह-सचिव पदमा सर्वसम्मत रूपमा निर्वाचित गराउने प्रयास भइरहेको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय