
मोरङ, उर्लाबारी–९ सेम्बुटोल निवासी क्यान्सर रोगबाट पीडित टेकबहादुर लिम्बुलाई उपचारका लागि आर्थिक सहयोग गरिएको छ।
उर्लाबारी नगरपालिका हङकङ परिवारको तर्फबाट लिम्बुलाई नगद रु. ४५ हजार ५ सय सहयोग गरिएको हो। हङकङबाट पठाइएको सो रकम वडा नं. ९ का अध्यक्ष नरबहादुर मोक्तान, हङकङ परिवारका सदस्य सन्तोष श्रेष्ठ (डेबिट) र सुजन सेन्दाङले लिम्बुलाई हस्तान्तरण गर्नुभयो। उक्त रकम सस्थाका अध्यक्ष शाङ्गेनाहाङ तुम्बाहाम्फेको नेतृत्वमा पठाईको हो ।
३७ वर्षीय लिम्बुलाई सहयोग हस्तान्तरण कार्यक्रमका अवसरमा स्थानीय समाजसेवी सानु तामाङ, भोटेपुल गाउँ टोलका अध्यक्ष दिनेश थापा मगर, खोपिडाँडा टोल विकास सदस्य कृष्ण तामाङ, हेम बस्नेत लगायत स्थानीयहरूको उपस्थिति रहेको थियो।
उपचार खर्चकै लागि हालसम्म झण्डै १७ लाख रुपैयाँ खर्च भइसकेको र सहयोग रकमले ठूलो राहत मिलेको टेकबहादुर लिम्बुले बताउनुभयो। उहाँले सहयोगी हातहरूलाई धन्यवाद व्यक्त गर्नुभयो।