दुर्घटनामा मोटरसाइकल चालक रतुवामाइ–१ कल्याणपुरका ४२ वर्षीय सोम टुडू र उहाँकी पत्नी ३५ वर्षीया वामनी हेमरमको मृत्यु भएको हो । टुडु रतुवामाइ नगरको फोहोर व्यवस्थापन गर्ने ट्याक्टर को चालक रहेको रतुवामाइ नगर प्रमुखको सचिवालयका प्रमुख सचिव सुजित चौधरीले जानकारी दिनुभयो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका अनुसार शुक्रवार राति १० बजे रतुवामाई नगरपालिका–६ त्रिभुवन चोकस्थित आमबारी भित्री सडक खण्डमा को ९ प ७२९५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु भएको हो ।

आमबारीबाट उर्लाबारीतर्फ आउँदै गरेको मोटरसाइकल आफैँ अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय