उर्लाबारी / मलेसियाको क्वालालम्पुरमा गत अप्रिल ५ र ६ गते सम्पन्न १६औं विश्वकप योग खेलकुद प्रतियोगितामा नेपालले शानदार सफलता हात पार्दै २ स्वर्ण, १ रजत र ३ कास्य पदकसहित कुल ६ पदक प्राप्त गरेको छ।

विविध उमेर समूहका ३१ नेपाली खेलाडीहरूको सहभागिता रहेको प्रतियोगितामा २३ राष्ट्रका १ सय ५३ खेलाडीहरूले भाग लिएका थिए।

९–११ वर्ष उमेर समूह अन्तर्गत पुरुषतर्फ प्रयास जंग चौहानले स्वर्ण पदक जित्दा अमिस पटेलले रजत पदक हासिल गरे। सोही समूहका किरण मगरले कास्य पदक जित्दै उर्लाबारीस्थित नमुना बालगृहलाई गौरव दिलाएका छन्। महिलातर्फ यही उमेर समूहमा संस्कृति चैलागाईंले कास्य पदक जितिन्।
त्यसैगरी १२–१४ वर्ष उमेर समूहमा महिलातर्फ प्रत्युशा खतिवडाले उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक नेपाललाई दिलाएकी छन्।


त्यस्तै, १५–१७ वर्ष उमेर समूहमा उर्लाबारीको नमुना बालगृहका सुन्दर सार्कीले कास्य पदक जित्दै पुनः संस्थाको शिर उच्च बनाएका छन्।
यसरी नेपालले कुल २ स्वर्ण, १ रजत र ३ कास्यसहित ६ पदक जित्न सफल भएको छ। प्रतियोगितामा देखिएको नेपाली खेलाडीहरूको उत्साहजनक सहभागिता र प्रदर्शनले अन्तर्राष्ट्रिय योगमञ्चमा नेपालको उपस्थिति सशक्त बनाएको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय