२५ चैत/ उर्लाबारी
मोरङको उर्लाबारीमा जारी दोस्रो अन्तर कलेज फुटबल प्रतियोगिताको उपाधि उर्लाबारी -६ स्थित राधिका माविले जितेको छ ।

सोमबार राधिका माध्यमिक विद्यालयको खेल मैदानमा भएको फाईनल खेलमा पशुपति आवसीय माध्यमिक विद्यालयलाई ३–१ गोल अन्तरले हराउदै राधिकाले उपाधि चुमेको हो ।

निर्धारित समयको पहिलो हाफमा निकै रोचक बनेको उक्त फाईनल खेलको सुरुवाती अग्रता राधिका माविले लिएको थियो । राधिकाका लागि पहिलो गोल पवेल राईले हेड मार्फत गरेका थिए । यस्तै राईको गोल सगै १–० ले अगाडी रहेको राधिकालाई पशुपतिका भिजन खड्काले हेड मार्फत गोल फर्काउदै बराबरीको अवस्थामा पुर्‍याएका थिए ।

पहिलो हाल बराबरीमा सकिएतापनि खेलको दोस्रो हाफमा राधिकाका लागि निशान माझी र विगत तामाङले थप एक–एक गोल गर्दै आफ्‌नो टिमलाई ३–१ को फराकिलो अन्तर बनाउदै उपाधि हात पारेको हो ।

फाइनल खेलको म्यान अफ दि म्याच निशान माझी घोषित भए । उनले ट्रफी सहित १ हजार ५ सय नगद प्राप्त गरे ।

त्यस्तै विधागत पुरस्कार अन्तर्गत राधिकाका गोलरक्षक विपीन राई घोषित भए । उनी ट्रफी सहित नगद २ हजार ५ सयले पुरस्कृत भए । बेष्ट डिफेन्सको उपाधि पशुपतिका तुनामा आर्चायले , बेष्ट मिडफिल्डर पशुपतिका अर्विन अधिकारी , बेष्ट फरर्वड पशुपतिका सुवर्ण कार्की घोषित भए ।

यस्तै प्रतियोगिताकै हाईस्कोररको उपाधी पशुपतिकै भिजन खड्का घोषित भए । उनले प्रतियोगिता भरी ४ गोल गरेका थिए, उनले नगद ५ हजार मेडल र ट्रफी हात पारे ।

यस्तै सर्वाधिक खेलाडीको पुरस्कार राधिका माविका दिपेश तामाङ घोषित भए। उनी ट्रफी सहित नगद ७ हजार ५ सय नगद हात पारे ।साथै फेयर प्ले को उपाधि सुनगाभा आवसीय माविले हात पारेको छ ।

सो प्रतियोगिताको विजेता राधिका माविले नगद १ लाख १ हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उप–विजेताले ५१ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियोगिताका विजेता टिमलाई उर्लाबारी–६ का वडाध्यक्ष चिन्तामणी पौडेलले पुरस्कार वितरण गरेका थिए ।

फाईनल खेलकै अवसरमा उर्लाबारीलाई फुटबलको माध्यमबाट चिनाउन सफल पुर्व राष्ट्रिय खेलाडी दिपेन्द्र धिमाल (ड्राइभर) लाई आयोजक क्लवले नगद २१ हजार सहित प्रमाणपत्र र दोसला ओढाएर सम्मान गरेको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय