
उर्लाबारी /नेकपा एमालेको दोस्रो नगर अधिवेशनले निरोज तिम्सिना लाई अध्यक्षमा निर्वाचित गरेको छ ।
बुधबार उर्लाबारी–५ मा रहेको हाम्रो बचत तथा ऋण सहकारी संस्थाको सभाहलमा सम्पन्न निर्वाचनबाट तिम्सिनाले ९० मत प्राप्त गर्दै विजयी भएका हुन्।
अध्यक्ष पदका लागि भएको प्रतिस्पर्धामा गोपाल रिमालले ५८ र सुरेन्द्र शेर्माले ५१ मत प्राप्त गरेका थिए।
त्यस्तै, उपाध्यक्षमा सुरेश शाक्य १४४ मतसहित निर्वाचित भए। उनका प्रतिस्पर्धी योगराज लाबुङले ५३ मत प्राप्त गरे।
सचिवमा चेतन सिग्देलले १४२ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी सुनिल धिमालले ३६ र इन्द्रबहादुर भट्टराईले २० मत प्राप्त गरेका छन ।
उपसचिवमा नितम चौहान १२१ मतसहित निर्वाचित भए भने उनका प्रतिस्पर्धी भिम श्रेष्ठले ७५ मत ल्याए।
कुल २०४ जना प्रतिनिधिमध्ये २०२ जनाले मतदान गरेका थिए।
बुधबार अबेरसम्म सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास भए पनि सहमति जुट्न नसकेपछि निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गरिएको हो। बाँकी पदहरूमा भने सर्वसम्मत रुपमा टुंगो लगाइएको छ।