उर्लाबारी । उर्लाबारी नगरपालिका काजकिरिया सहायता कार्यक्रमअन्तर्गत मृतक परिवारलाई राहत वितरण गरिएको छ। नगरपालिका प्रमुख गंगाप्रसाद खरेल तथा कार्यपालिका सदस्य सीता बुढाथोकीको सहभागितामा मृतकको घरमै पुगेर शोकाकुल परिवारलाई आर्थिक राहत प्रदान गरिएको हो।
उर्लाबारी वडा नम्बर २, सीमसार टोल निवासी ८२ वर्षीया लक्ष्मिमाया राईको हालै निधन भएको थियो। नगरपालिकाले मृतक राईको परिवारप्रति समवेदना व्यक्त गर्दै काजकिरिया सहायता स्वरूप खाद्यान्न सामग्री प्रदान गरेको हो।
नगर प्रमुख खरेलले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारलाई धैर्यधारण गर्न आग्रह गरे। साथै, नगरपालिका शोकको घडीमा सधैँ नागरिकको साथमा रहने प्रतिवद्धता समेत व्यक्त गरे। कार्यपालिका सदस्य सीता बुढाथोकीले यस्ता सहायताले पीडित परिवारलाई केही राहत पुग्ने विश्वास व्यक्त गरिन्।
उर्लाबारी नगरपालिकाले प्रत्येक वडामा निधन भएका नागरिकको परिवारलाई सहयोग पुर्याउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गर्दै आएको छ।
50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय