तरुण डिवी टोल विकास संस्था हाक्दै गाेपाल भट्टराई
उर्लाबारी/ उर्लाबारी–५ स्थित तरुण डिवी टोल विकास संस्थाको दोस्रो वार्षिक साधारणसभा नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।
आज उर्लाबारी–५ स्थित ज्येष्ठ नागरिक भवनमा सम्पन्न साधारणसभाले गोपालप्रसाद भट्टराईको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा तारा चम्लागाई, सचिव निलबहादुर चौहान, कोषाध्यक्षमा बन्दना ढुंगानालाई चयन गरिएको छ । यसैगरी सदस्यहरुमा बविता श्रेष्ठ, चम्पा कट्वाल, एलिना बोहोरा, टिका आचार्य, लिलादेवी सुनाम, जमुना खड्का, हर्कबहादुर अधिकारी, मोहन सापकोटा, मैया खड्का, कृष्णमाया लिम्बू र पूर्णबहादुर सुनार रहनुभएको छ । साधारणसभाले पाँच सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । समितिमा पोषकुमार बास्तोला, खड्गप्रसाद चौलागाई, लक्ष्मीप्रसाद राई, खड्गबहादुर मगर र केदारप्रसाद पोख्रेल रहनुभएको छ ।
उर्लाबारी नगरपालिका नगर उपप्रमुख मीना खतिवडा पौडेलको प्रमुख आतिथ्यतामा भएको साधारणसभामा अध्यक्ष गोपालप्रसाद भट्टराई र लेखा समिति संयोजक छत्रप्रसाद अधिकारीले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । संस्थाको २ लाख १९ हजार बराबरको आयव्यय प्रस्तुत गरिएको थियो । २०७९ सालमा स्थापना भएको टोल विकास संस्थाले विविध सामाजिक कार्य गर्दै आएको अध्यक्ष भट्टराईले बताउनुभयो ।
साधारणसभामा प्रमुख अतिथि उपप्रमुख मीना खतिवडा पौडेल, वाणिज्य संघ टोल विकास संस्थाका अध्यक्ष हर्क बस्नेत, ओम शान्ति नमुना टोल विकास संस्थाका अध्यक्ष घनश्याम भण्डारी, सल्लाहकार पोषकुमार बास्तोलाले शुभकामना मन्तव्य राख्नुभएको थियो । सचिव निलबहादुर चौहानले सञ्चालन गरेको कार्यक्रमका कोषाध्यक्ष बन्दना ढुंगानाले स्वागत मन्तव्य राख्नुभएको थियो । संस्थामा १ सय ११ घरधुरी आवद्ध रहेका छन् ।
50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय