उर्लाबारी पछिल्ला तीन दिनदेखि घरबाट हराइरहेका उर्लाबारी–९ आम्बारीका सुरेश धिमाल बुधबार बिहान मृत अवस्थामा फेला परेका छन्। इलाका प्रहरी कार्यालय उर्लाबारीका अनुसार ३४ वर्षीय धिमाल वडा नं. ३ स्थित नयाँ मंगलबारे बजारको एक त्रीपालमा मृत फेला परेका हुन्।
बिहान करिब ७ बजे बजार क्षेत्रमा खरबुजा बिक्रीका लागि राखिएको त्रीपालमा धिमालको शव पाईएको हो। घटनास्थलको छानबिनका क्रममा प्रहरीले उनी उक्त त्रीपालमा राति सुतेको सिसिटिभी फुटेज पनि फेला पारेको जनाएको छ।
शारीरिक रुपमा अशक्त तथा बोल्न नसक्ने अवस्थामा रहेका धिमाल घरबाट बेला–बेला हिँडिरहने गरेको पारिवार स्रोतले जनाएको छ। उनी तीन दिनअघिदेखी नै परिवारको सम्पर्कमा नरहेको बताइएको छ।
इलाका प्रहरी कार्यालय उर्लाबारीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। प्रारम्भिक अनुसन्धानपछि मात्र मृत्युको कारणबारे यकिन विवरण आउन सक्ने जनाइएको छ।
50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय