उर्लाबारी / उर्लाबारीमा छैटौं संस्करणको मेयर कप फुटबल प्रतियोगिता सुरु भएको छ ।
बुधबार उर्लाबारी- ३ स्थित प्रस्तावित सालबारी रंगशालामा आयोजित उद्घाटन समारोहमा उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेल र उपप्रमुख मिना खतिवडा पौडेलले सुनको लेपन गरिएको प्रतियोगिताको प्रथम पुरस्कारको ट्रफी अनावरण गरेका छन् ।
मंगलबारे फुटबल क्लबको आयोजनामा बुधबार सम्पन्न उद्घाटन खेलमा उर्लाबारी वडा नम्बर ४ को टीम विजयी भएको छ । सो खेलमा वडा नम्बर ३ लाई ४ नम्बर वडाको टीमले ३-१ को अन्तरले हराएको छ ।
जितको लागि ४ नम्बर वडाका सुदिप लिम्ब, आयुष दाहाल र सुजन थापा मगरले क्रमश :खेलको १० , २३ र २९ औं मिनेटमा १÷१ गोल गरेका थिए । यस्तै गोलअन्तरको प्रतिरक्षाको लागि ३ नम्बर वडाका सन्जिव राईले खेलको १७ औं मिनेटमा एक गोल गरेका थिए ।
यस्तै प्रतियोगितामा आफ्नो उत्कृष्ट खेल प्रदर्शन गरेको बताउदै आयोजकले वडा नम्बर ४ का सुजन थापालाई म्यान अफ दि म्याच घोषित गरेको छ । उनी नगदसहित मायाको चिनोद्वारा पुरस्कृत भए ।
खेल संयोजक विजय माझीकाअनुुसार उर्लाबारीका ९ वटै वडाको सहभागिता रहने सो प्रतियोगिताको फाईनल खेल आगामी वैशाख १० गते हुनेछ ।
सो प्रतियोगिताको विजेताले ७५ हजार नगद , उप विजेताले ५० हजार नगद सहित ट्रफी , मेडल र प्रमाण पत्र प्रदान गर्ने खेल संयोजक माझीले बताए । यस्तेै आयोजकले प्रतियोगितामा विभिन्न विधाहरुमा खेलाडी सम्मान समेत गरिने बताएको छ ।
‘स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेलाडी’ भन्ने मुल नाराका साथ सो प्रतियोगिता आयोजना गरिएको आयोजक क्लबका खेल व्यवस्थापन संयोजक राजन सुवेदिले बताए । त्यस्तै उनले प्रतियोगिताको दोस्रो दिनको खेल बिहिबार वडा नम्बर ६ र ७ बिच दिउसो ३ बजेदेखि संचालन हुने बताए ।
50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय