सञ्चार क्लब नेपालको भवन निर्माण प्रारम्भ ।
उर्लाबारी / पूर्वोत्तर मोरङका सञ्चारकर्मी हरूको साझा संस्था सञ्चार क्लब नेपाल, उर्लाबारीको आफ्नै भवन निर्माण कार्य औपचारिक रूपमा सुरु भएको छ। क्लबका संस्थापक अध्यक्ष दुर्गा प्रसाद खतिवडाले बुधबार एक विशेष समारोहका बीच भवनको शिलान्यास गर्नुभयो ।
उर्लाबारी–६ मा निर्माणाधीन बसपार्कको उत्तरतर्फ रहेको ६ कठ्ठा जग्गामा उक्त भवन निर्माण सुरु गरिएको हो । उर्लाबारीका समाजसेवी अमृत तामाङ, ज्ञानु बास्कोटा र जंगबहादुर कार्कीले क्लबलाई उक्त जग्गा निःशुल्क उपलब्ध गराएका हुन ।
भवन निर्माणका लागि चालु आर्थिक वर्षमा कोशी प्रदेश सरकारअन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयबाट १० लाख रुपैयाँ र सामाजिक विकास मन्त्रालयबाट ७ लाख रुपैयाँ बजेट विनियोजन भएको छ। क्लबका वर्तमान अध्यक्ष कुमार खड्काका अनुसार, यस वर्षदेखि निर्माण कार्यको औपचारिक सुरुआत भईसकेको छ भने, थप आवश्यक बजेटका लागि संघ, प्रदेश तथा स्थानीय सरकारसँग समन्वय भइरहेको छ।
झण्डै साढे ४ करोड रुपैयाँ लागतमा सम्पन्न हुने उक्त भवन आधुनिक पूर्वाधारयुक्त तीन तले संरचना हुनेछ, जसमा सञ्चारकर्मीहरूको बैठक, तालिम, गोष्ठी र सेमिनारका लागि आवश्यक सबै सुविधा रहने सेमिनार हलसमेत समावेश गरिनेछ।
विसं २०६० सालमा दुर्गा प्रसाद खतिवडाको अध्यक्षतामा स्थापना भएको सञ्चार क्लब नेपालले हाल उर्लाबारी–७ मा रहेको परोपकार सेवा केन्द्रको भवनबाट नियमित गतिविधि सञ्चालन गर्दै आएको छ। क्लबमा हाल ४१ जना सदस्य आबद्ध छन्।
क्लवको आफनै भवन निर्माण सुरु भएसंगै पूर्वी मोरङका पत्रकारहरूलाई थप संगठित, सशक्त र व्यावसायिक बनाउने विश्वास लिइएको छ।
50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय