मिक्लाजुङ । मोरङ जिल्लाको मिक्लाजुङ गाउँपालिका–९ स्थित आठसेरे गाउँ नजिकै आइतबार एक दुःखद ट्र्याक्टर दुर्घटनामा एक युवकको ज्यान गएको छ। दुर्घटनामा उर्लाबारी निवासी लाजेहाङ लिम्बुको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मधुमल्लाले जानकारी दिएको छ।
घटना आज दिउँसो ११ बजेर ४५ मिनेटतिर भएको हो। को २ त ४३५६ नम्बरको ट्र्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा लिम्बुको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले जनाएको छ। ट्र्याक्टर कहाँबाट कहाँ गइरहेको थियो भन्नेबारे थप विवरण भने आउन बाँकी छ।
प्रहरी टोली घटनास्थलमा पुगिसकेको छ र आवश्यक अनुसन्धान कार्य अगाडि बढाइएको बताइएको छ। शव पोष्टमार्टमका लागि तयारी भइरहेको छ।
यस घटनाले स्थानीय बासिन्दामा शोक छाएको छ। लाजेहाङ लिम्बुको असामयिक निधनले उर्लाबारी र मिक्लाजुङ दुबै क्षेत्रमा स्तब्धता छाएको छ।
50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय