उर्लाबारी / उर्लाबारीमा आज सम्पन्न छैटौँ उर्लाबारी मेयरकप फुटवलकाे उपाधी वडा नं. १ ले जितेकाे छ ।
उर्लाबारी-३ मंगलबारे स्थित सालबारी खेलमैदानमा आज सम्पन्न प्रतियाेगिताकाे फाईनल खेलमा वडा नं. ५ लाई ट्राईबेकरमा ५-४ गाेल अन्तर ले पराजित गर्दै वडा नं. १ ले उपाधी हात पारेकाे क्लबका सचिव सन्तमान लिम्बु ले बताउनु भयाे ।
उपाधी विजेता टिमले नगद ७५ हजार सहित सुन जडित ट्रफि तथा उपविजेता टिम ल नगद ५० हजार सहित ट्रफि हात पार्याे ।
विजता तथा उपविजेता टिमलाई प्रतियाेगिता समापन समाराेहका प्रमुख अतिथि उर्लाबारी नगरका कार्यवहाक प्रमुख भिस्म बुढाथाेकी ले पुरस्कार वितरण गर्नु भएकाे थियाे ।
साेहि अवसरमा खेलकुद क्षेत्रमा याेगदान पुर्याएकाे भन्दै आयाेजकले वडा अध्यक्ष तथा कार्यवहक नगर प्रमुख भिस्म बुढाथाेकी र पुर्व राष्ट्रिय फुटवल खेलाडी रूपेश तामाङ लाई सम्मान समेत गरिएकाे क्लबका अध्यक्ष पिपल गिरि ले बताउनु भयाे।
50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय