उर्लाबारी / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उर्लाबारी नगरपालिका–५ को पहिलो वडा अधिवेशन शनिबार किरात राई यायोक्खा नगर कार्यसमिति प्रांगणमा अत्यन्तै उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ।
अधिवेशनले सर्वसम्मत निर्णयमार्फत गोपाल अधिकारीको सभापतित्वमा ५ सदस्यीय वडा समिति गठन गरेको छ। नवगठित समितिमा विष्णु भण्डारी, मालती खत्री श्रेष्ठ, सुभाष श्रेष्ठ र गोमा नेपाली सदस्यका रूपमा चयन भएका छन्।
कार्यक्रममा पार्टीप्रति सदस्यहरूको ठूलो उत्साह देखिएको थियो भने आगामी दिनहरूमा वडा नं. ५ मा संगठन सुदृढीकरण र जनसरोकारका विषयमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
रास्वपाले उर्लाबारी क्षेत्रमै जनसम्पर्क र संगठन विस्तारलाई प्राथमिकता दिने नगर सभापति उमेश जंग थापाले बताएका छन ।


