नगकै गौरवको आयोजनका रुपमा हेरिएको उर्लाबारी–४ बक्राहा खोलाको किनारमा निर्माण हुँदै गरेको विष्णु गंगा घाटको पुनर्निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ । एक वर्षअघि शवदाह गृहको निर्माण सम्पन्न भए पनि अन्य आवश्यक संरचना निर्माण बाकी रहेकोमा अहिले ती संरचनाहरू निर्माण गर्ने कार्य सुरु गरिएको हो ।विष्णु गंगा घाट व्यवस्थापन समितिका अध्यक्ष महेन्द्रजंग तामाङका अनुसार, कुल लागत ९७ लाख ४६ हजार रुपैयाँमा बिश्रामलय, खानेपानी, शौचालय, दाउरा व्यवस्थापनलगायतका संरचना निर्माण गरिनेछ । उनका अनुसार, घाटको सम्पूर्ण निर्माण कार्य आगामी असार महिनासम्म सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ ।घाटलाई उर्लाबारी र आसपासका मिक्लाजुङ, दमक, पथरी, रतुवामाईलगायतका क्षेत्रका सर्वसाधारणका लागि सबै धर्मावलम्बीको अन्त्येष्टि स्थलका रूपमा व्यवस्थित गरी विकास गरिनेछ ।उर्लाबारी–४ स्थित बक्राहा खोला पुलबाट करिब ७ सय मिटर दक्षिणतर्फ अत्याधुनिक पूर्वाधारसहितको यस घाट निर्माण भईरहेको यो घाटले क्षेत्रीय धार्मिक, सामाजिक र संस्कृतिक दृष्टिले समेत महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय