उर्लाबारी / उर्लाबारी ९ स्थित राजघाट प्रहरी चौकिले प्रतिबन्धित भारतीय माछा पक्राउगरि खाल्डोमा पुरेर नष्ट गरेको छ ।
सनिवार साँझ उर्लाबारी -९ स्थित जोरबाटो एरियामा चौकीका हवल्दार हेमचन्द्र लिम्बुको कमाण्डमा गस्ती गरिरहेको अवस्थामा माछा बोकिरहेको बि आर ३७ जेड ७१४७ नम्बरको मोटरसाइकल छोडेर चालक फरार भएपछि चेकजाँच गर्दा प्रतिबन्धित मरेको करिब ८० किलो माछा फेला परेको थियो । दुई वटा बोरा र २ वटा कार्टुनमा बरफ लगाएर प्याक गरेको माछा फेला पारी आवश्यक अनुसन्धान पश्चात् चौकी परिसरमा खाल्डो खनी पुरिएको हो । मरेको माछामा फर्लिन लगाएतका रसायन प्रयोग गरि नकुईने बनाएर बेच्ने गरिन्छ । रसायन प्रयोग गरेको माछाले मानव स्वास्थ मा गम्भीर असर पुर्याउने भएकोले नेपालमा प्रतिबन्ध लगाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय