उर्लाबारी । मोरङ जिल्लाको दुर्गम तथा कम विकसित मानिने मिक्लाजुङ गाउँपालिकाले स्थायी प्रशासनिक भवनबाट सेवा प्रवाह थालेको छ ।
साविकका टाँडी, मधुमल्ला, रमितेखोला र जाँते गाविसका केही वडा मिलाएर बनेको यो गाउँपालिकाले अब व्यवस्थित भवनमार्फत सेवा दिन थालेको हो ।
शसस्त्र द्वन्द्वको समयमा विद्रोही पक्षले आगजनी गरेर जिर्ण बनाएको साविक मधुमल्ला गाविसको कार्यालय भवन मर्मत गरेर सेवा दिइँदै आएको थियो ।
स्थानीय तहको अधिकार प्रयोग गर्दै गाउँपालिकाले विकासको गति लिएको भए पनि पर्याप्त कार्यालयको अभावले प्रभावकारी सेवा प्रवाहमा चुनौती आएको थियो । नयाँ भवनले त्यो अभाव पुरा गर्नेमा आफु विश्वस्त रहेको उपाध्यक्ष दिनेश पौडेलले बताउनुभयो ।
पुरानो भवन अपर्याप्त भएपछि २०७७ साल फागुन २१ गते जिल्ला समन्वय समिति मोरङ र गाउँपालिकाको संयुक्त लगानीमा ५ करोड ६९ लाख ३२ हजार २ सय ३५ रुपैया मध्ये ३ करोड ७३ लाख ४२ हजार १ सय ३० रुपैयाको लागतमा नयाँ भवन निर्माण प्रक्रिया सुरु गरिएको थियो । करिब ६ वर्षपछि निर्माण सम्पन्न भई अबदेखि स्थायी भवनबाट सेवा प्रवाह थानली गरिएको र जनाताको अवश्यतालाई व्यवस्थित भवनबाट सुविधाजनक तवरले अगाडी बढाउदै लगिने गाँउपालिका अध्यक्ष बबी कुमार राईले बताउनु भयो
संघीयता लागू हुनुअघि मिक्लाजुङमा एक किलोमिटर पनि कालोपत्रे सडक थिएन । तर अहिले ४० किलोमिटरभन्दा बढी कालोपत्रे सडक निर्माण भई सेवा र विकास दुबैमा गाउपालिकाले फड्को मारेको छ ।
भौतिक पूर्वाधार निर्माणमा मिक्लाजुङ गाउँपालिकाले उल्लेखनीय सफलता हासिल गरेको छ । पाँच वर्षमा आफ्नै स्रोतबाट २४ किलोमिटर सडक कालोपत्रे गरेको जनाइएको मिक्लाजुङ अब व्यवस्थित भवनसँगै सेवा प्रवाहमा थप सक्षम भएको कार्यक्रमका प्रमुख अथिती मोरङ जिल्ला समन्वय समितीका अध्यक्ष अजम्वर राईले बताउनुभयो ।
प्रदेश र संघीय सरकारको योजना अनुसार थप सडकहरू कालोपत्रे भएपछि मिक्लाजुङको प्रमुख बजार र गाउँका लिंक रोडहरू पूर्ण रूपमा व्यवस्थित भएका छन् । मिक्लाजुङ गाउँपालिकाको स्थायी प्रशासनिक भवनबाट सेवा सुरु भएपछि अब यहाँका बासिन्दाले सहज र गुणस्तरीय सेवा पाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय