उर्लाबारी/ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को दोस्रो उर्लाबारी नगर अधिवेशनले देवीप्रसाद दाहाललाई अध्यक्ष पदमा निर्वाचित गरेको छ ।
उर्लाबारी ५ स्थित बौद्ध गुम्बा परिसरमा शनिबार सम्पन्न अधिवेशनबाट दाहाल अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
नगर अधिवेशनका लागि जम्मा एक सय ५८ मतदाता प्रतिनिधि रहेपनि एक सय ३२ मत खसेको थियो । विजयी दाहालले ९१ मत प्राप्त गर्नुभयो भने उहाँका निकटम प्रतिद्वन्द्वी प्रतीक आचार्यले ३१ मत प्राप्त गर्नुभएको राप्रपा मोरङका प्रचार प्रसार विभाग प्रमुख पर्शु सुवेदीले जानकारी दिनुभयो । अन्य पदमा सर्वसम्मत नेतृत्व चयन गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय