उर्लाबारी / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उर्लाबारी-४ को पहिलो वडा अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनबाट भुवन ढुंगाना सर्वसम्मत रूपमा सभापति पदमा चयन भएका छन्।
साथै, सदस्यहरूमा केशव श्रेष्ठ, गीता देवी चौलागाईं, भानुभक्त पौडेल, शरण ढकाल, अनन्त पोख्रेल र लिलाराज भट्टराई चयन भएका छन्। अधिवेशन रामेश्वर शिवालय परिसरमा सम्पन्न भएको हो।
कार्यक्रमका प्रमुख अतिथि रास्वपा मोरङका जिल्ला सभापति भरत कँडेल थिए। उनले अधिवेशनले संगठनलाई अझै सुदृढ बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरेका छन् ।
यस अधिवेशनले रास्वपाको स्थानीय संगठन विस्तार र सशक्तिकरणमा महत्वपूर्ण योगदान पुर्याउने बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय