
उर्लाबारी / उर्लाबारी नगरपालिका वार्डनम्बर -५ ले छैटौं उर्लाबारी मेयर कप फुटबल प्रतियोगिताका उपबिजेता वडाको टिमलाई सम्मान एवं मायाको चिनो प्रदान गरेको छ ।

वडा कार्यालय परिसरमा आयोजित कार्यक्रममा खेलाडीलाई वडाको लोगो अंकित ट्रयाकसुट खदा र टोपी ओढाएर सम्मान गरिएको कार्यक्रम सम्योजक बिनोद धिमालले जानकारी दिनुभएको छ । कार्यक्रममा वडा अध्यक्ष रबिन लामाले वडाले खेलकुदको बिकासका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको र तालीम लगाएतका कार्यक्रम हरु वार्षिक रूपमा सञ्चालन गरिरहेको र वडा तथा नगरको खेलकुद बिकासमा खेलाडी हरुको समेत महत्त्वपूर्ण भुमिका रहेको ले सोहिअनुरुप लाग्न निर्देश समेत दिनुभएको थियो । सो कार्यक्रममा अध्यक्ष लामा ,सदस्य हरु सुरेस आचार्य , देबिकला राई , रामकुमारी बिक एवं पुर्व खेलाडी बिजय मगर , दिलकुमार लिम्बू लगाएतको उपस्थिति रहेको थियो ।

मंगलबारे युवा क्लबको आयोजनामा बैशाख पहिलो साता सञ्चालन भएको छैटौं संकरणको उर्लाबारी मेयरकप फुटबल प्रतियोगितामा उर्लाबारी -५ को टिम उपबिजेता बन्दै नगद ५० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भएको थियो ।