गर्मी बढेसँगै लामखुट्टेको बिगबिगी दिनप्रतिदिन बढेको तथा डेगुं ज्वरोको संक्रमण पनि बढ्ने क्रममा रहेको हुँदा निम्नानुसारको सतर्कता अपनाउनु हुन आम नगरवासीमा विनम्र अनुरोध गर्दछौं ।
• आ-आफ्नो घरमा भएका पानी जम्ने तथा लामो समय खुल्ला रहने भाडाहरु, गमला, फ्रीज, एसी, ड्रम आदिमा लामो समय पानी जम्न नदिने तथा पानीको ट्याङ्कीमा अनिवार्य बिर्को लगाउने ।
• सार्वजनिक स्थलमा व्यापारिक प्रयोजनले थुपारेका खुल्ला पानी ट्यांकी, मोटरसाइकल तथा गाडीका टायरहरू, ड्रमहरू आदिमा पानी जम्न नदिने ।
• दिउँसो कार्यालय वा घरमा बस्दा, सार्वजनिक स्थलमा जाँदा शरीर पुरै ढाक्ने कपडा लगाउने ।
• डेगुंका विमारीले रोग निको नहुाञ्जेलसम्म घरमा आराम गर्दा दिउँसो अनिवार्य झुल भित्र आराम गर्ने ।
• घर वरिपरी पानी जम्ने खल्टाखुल्टी भए तुरुन्तै पुर्ने ।
• पशु चौपायालाई पानी खुवाउन बनाएको डुरमा दैनिक पानी परिवर्तन गरिरहने ।

अनुरोधकर्ताः
उर्लाबारी नगरपालिका
नगरकार्यपालिकाको कार्यालय
मोरङ


