खासगरी वर्षायाममा सर्पको डसाइबाट धेरैले ज्यान गुमाउने गर्छन् ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका शाखा प्रमुख हेमचन्द्र ओझाका अनुसार वर्षमा औसत २०० जनाले सर्पको डसाइबाटै ज्यान गुमाइरहेका छन् । त्यसमध्ये कतिपय अंगभंग पनि हुने गरेका छन् । महाशाखाले २०७५ सालमा गरेको अध्ययनबाट पत्ता लागेको तथ्य हो यो ।सर्पले डसेर ज्यानै जाने जोखिम भए पनि यसबारे खासै सचेतना पाइँदैन । कस्तो सर्प बढी विषालु हुन्छ ? कुन क्षेत्रमा यसको जोखिम बढी छ ? सर्पले टोकेमा के गर्ने ? यसको प्राथमिक उपचार के छन् ? सर्वसाधारणले उति सरोकार राखेको पाइँदैन । त्यसैगरी सर्पदंशको उपचार गर्ने ठाउँ सीमित हुँदा पनि यसको जोखिम बढी छ ।सर्पदंशका घटना हिमाली, पहाडी क्षेत्रमा भन्दा तराईमा बढी हुने गरेको बताउँछन् उर्लाबारी सर्पदंश उपचार केन्द्रका इन्चार्ज ठगेन्द्र लिम्बु । ‘चैतदेखि कात्तिक महिनासम्म सर्पले टोक्ने सम्भावना धेरै हुन्छ । तराई क्षेत्रमा पाइने सर्पको तुलनामा पहाड र हिमालमा पाइने सर्प कम विषालु हुन्छन् ।इन्चार्ज लिम्बुका अनुसार सर्पको वासस्थान मासिंदै जानु र जलवायु परिवर्तनका कारण सर्प हिमाली र पहाडी भागमा सर्दै गएका छन् । सर्पले मानिसलाई टोक्ने मुख्य कारण प्रतिरक्षा हो । सर्पको प्रमुख खाना मुसा हो भने मुसाको अन्न । त्यसले सर्प र मानिसको सम्पर्क हुने लिम्बु बताउँछन् ।इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका शाखा प्रमुख हेमचन्द्र ओझाका अनुसार नेपालमा ८८ वटा सर्पदंश उपचार केन्द्र छन् । २०७५ सालमा महाशाखाले गरेको अध्ययन अनुुुसार सर्पदंशबाट वार्षिक २० हजार जना पीडित हुने र त्यसमध्ये २०० जनाको मृत्यु हुने गरेको छ ।
कतिपय मानिस अझै पनि झारफुकमा विश्वास गर्ने, उपचार केन्द्रसम्म आउन नपाई बाटैमा मृत्यु हुने हुँदा पनि यकिन तथ्यांक आउन गाह्रो भएको छ ।
२०८० साल भदौ २१ गतेदेखि सर्पदंश उपचार सेवा प्रदान गर्दै आएको रेडक्रस उपशाखा उर्लाबारीमा हालसम्म दुई दर्जन बढी सर्पदंशका बिरामीको उपचार भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय