उर्लाबारी। कुलतमा फसेका र जीवनप्रति आशा गुमाएका व्यक्तिहरूलाई उपचार गरी समाजमा पुनःस्थापन गर्ने उद्देश्यले स्थापना गरिएको ‘जीवन बचाउ उपचार सेवा गृह’ले हालसम्म २ हजार ७ सयभन्दा बढी ब्याक्तीलाई पुनर्जीवन दिन सफल भएको छ।२०६२ सालमा स्थानीय दाताहरूबाट निःशुल्क प्राप्त जग्गामा उर्लाबारी नगरपालिका, प्रदेश सरकार, समाजसेवी तथा व्यवसायीहरूको सहकार्यमा उर्लाबारी ७ मा स्थापना गरिएको यस संस्थाले कुलत र नशा प्रबृत्तिमा फसेका व्यक्तिहरूका लागि आशाको केन्द्रको रूपमा काम गर्दै आएको छ।संस्थाले एचआईभी एड्स, हेपाटाइटिसजस्ता जघन्य रोगसम्बन्धी जनचेतनामूलक कार्यक्रम, पारिवारिक परामर्श, तथा मानसिक सशक्तिकरणको माध्यमबाट पीडितलाई पुनः सम्मानपूर्वक जीवन यापन गर्न सक्षम बनाउने वातावरण निर्माण गरिरहेको छ।

सेवा गृहका अध्यक्ष पवन थापाका अनुसार आर्थिक रूपमा कमजोर व्यक्तिहरूलाई उर्लाबारी नगरपालिकाको सिफारिस र संस्थाको अनुसन्धानपछि २५ देखि ५० प्रतिशतसम्म छुट पनि दिदैआएको छ ।
सेवा गृहमा कुलतमा फसेकाहरूलाई ४ महिनासम्म निगरानीमा राखी व्यवस्थित उपचार प्रदान गर्ने गरिन्छ। विगत दुई दशकदेखि निरन्तरता दिँदै आशा गुमाएका हजारौं जीवनमा पुनः उज्यालो भर्न सफल यो संस्था कुलतमुक्त र सभ्य समाज निर्माणको यात्रामा उदाहरणीय बन्दै गएको छ।
हाल सेवा गृहमा ३२ जना व्यक्ति उपचाररत छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय