मोरङ — मोरङको उर्लाबारी स्थित दुर्गापुरी बजार फोहोर व्यवस्थापनको अभावमा दिनप्रतिदिन कुरुप बन्दै गएको छ। बजार क्षेत्रमै फोहोर थुप्रिँदा वातावरण दुर्गन्धित हुनुका साथै जनस्वास्थ्यमा समेत गम्भीर असर पर्न थालेको छ।
स्थानीयको गुनासो छ — बजारमा डस्बिन नराखिएकाले फोहोर जथाभावी सडक र खाली ठाउँमा फालिँदै आएको छ। नगरपालिकाको फोहोर उठाउने गाडी पनि हप्तौं देखि देखिएको छैन। “हामी आफैंले फोहोर व्यवस्थापन गर्नुपर्छ जस्तो भइरहेको छ, न त नगरपालिका समयमै आउँछ, न त बजार समितिले कुनै पहल गर्छ,” एक स्थानीय व्यवसायीको गुनासो छ।फोहोर व्यवस्थापन नहुँदा दैनिक बजारमा आउने ग्राहक र बालबालिकाको स्वास्थ्य जोखिममा परेको छ। खानेकुरा बेच्ने पसलहरूको अगाडि समेत फोहोर थुप्रिँदा झनै समस्या बढेको स्थानीय बताउँछन्।
नगरपालिका र बजार समितिको लापरबाहीप्रति चासो राख्दै स्थानीयले यथाशीघ्र बजार क्षेत्रमा डस्बिनको व्यवस्था गर्न, नियमित फोहोर उठाउने तालिका सार्वजनिक गर्न र सचेतनामूलक अभियान सञ्चालन गर्न माग गरेका छन्।
यदि समयमै समस्या समाधान भएन भने बजारको व्यापार, स्वास्थ्य र वातावरण सबै संकटमा पर्ने देखिन्छ। अब जिम्मेवार निकायले व्यवहारिक कदम चाल्ने समय आएको छ।
All reactions:

Urlabarinews.com and 28 others

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय