मोरङ — कानीपोखरीबाट रङ्गेली तर्फ आउँदै गरेको यात्रुवाहक बसले एक बालिकालाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको छ।
को १ ख २१०३ नम्बरको बसले रङ्गेली नगरपालिका–७, निच्चामारीस्थित दिलीप मण्डलकी छोरीलाई ठक्कर दिएको हो। गम्भीर घाइते बालिकालाई तत्काल रङ्गेली अस्पताल लगिएको भए पनि चिकित्सकहरूले मृत घोषणा गरेका छन्।
बस र चालकलाई प्रहरीको नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय रङ्गेलीले जनाएको छ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
All reactions:

17

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय