उर्लाबारी / सशस्त्र प्रहरी बल नेपालका संस्थापक प्रहरी महानिरीक्षक कृष्णमोहन श्रेष्ठ तथा उनकी धर्मपत्नी नुडुप श्रेष्ठको स्मृतिमा संखुवासभाको चैनपुरको जिरो पोइन्टमा शालिक स्थापना गरिएको छ ।
नवनिर्मित सालिकको सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले मंगलबार अनावरण गरे । त्यस अवसर मा महानिरीक्षक अर्यालले श्रेष्ठ सरल, शान्त र निडर स्वभावको भएको बताए । शालिक अनावरण क्रममा सशस्त्र प्रहरीको टोलीले सम्मानस्वरूप श्रद्दाञ्जली अर्पण गरेको थियो । चैनपुर नगरपालिकाको करिब ६ लाख लागत सहयोगमा सालिक निर्माण गरिएको हो । सशस्त्र प्रहरीका पहिलो महानिरीक्षक श्रेष्ठको २०५९ माघ १२ मा हत्या भएको थियो । श्रेष्ठकै नेतृत्वमा २०५८ मा सशस्त्र प्रहरी बलको स्थापना गरिएको थियो । उनको हत्याअघि तत्कालीन विद्रोही माओवादीले चैनपुरमा रहेको घरमा बम विस्फोट गरेर क्षति पुर्याएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय