लेटाङ । मोरङको लेटाङ नगरपालिका–८ स्थित तेलिखोलामा एक अपरिचित पुरुषको शव फेला परेको छ। आज बिहान खोलाले बगाएर ल्याएको अवस्थामा अन्दाजी ५० वर्षिय पुरुषको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
प्रहरीले मृतकको पहिचान गर्ने प्रयास भइरहेको जनाउँदै शवलाई पोष्टमार्टमका लागि मदन भण्डारी ट्रमा सेन्टर, उर्लाबारी पठाउने तयारी भइरहेको जानकारी दिएको छ।



