झापाको पाडाजुँगीबाट नेपाल विद्युत प्राधिकरण उर्लाबारी वितरण केन्द्रमा आउने ३३ के.भि. को प्रसारण लाईनको शुक्रबार रतुवा खोलामा आएको बाढीले २ वटा पाेल बगाएकाे हुँदा हाल उर्लाबारी, दमकलगायतका क्षेत्रमा विद्युत अवरुद्ध भएको छ ।
बाढी आएसँगै खोलामा पसेर मर्मत गर्न केहि जटिल भएको प्राधिकरणको उर्लाबारी शाखाले जनाएको छ । शाखा प्रमुख निरोज शाहका अनुसार अब ३ घण्टामा प्रसारण लाईनको मर्मत कार्य सम्पन्न हुनेछ।


