दमक नगरपालिकाको १७औँ नगरसभा आज मिति २०८२ असार १० गते, नगर प्रमुख श्री रामकुमार थापा ज्यूको अध्यक्षतामा सम्पन्न भएको छ।
नगरसभामा उपप्रमुख एवम वजेट तथा कार्यक्रम तर्जुमा समिती का संयोजक रेगिना भट्टराई प्रसाईज्यूद्वारा आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम ,आर्थिक विधयेक २०८२,विनयोजन बिधयेक २०८२ सहित १ अर्ब ४७ करोड को बजेट प्रस्तुत गर्नु भयो।
📊 बजेटको सारांश — दमक नगरपालिका (आ.व. २०८२/०८३)
🔹 कुल बजेट प्रस्ताव: रु. १ अर्ब ४७ करोड
खर्च विवरण:
➡️ चालु खर्च:
रु. ७१ करोड २९ लाख ५० हजार (४८.५ प्रतिशत)
➡️. पुँजीगत खर्च:
रु. ७४ करोड ५० लाख ५० हजार (५०.६५ प्रतिशत)
➡️. वित्तीय व्यवस्थातर्फ:
रु. १ करोड
➡️विशेष विनियोजन:
दमक अस्पतालतर्फ: रु. ३९ करोड रकम विनियोजन
🔹 राजस्व र स्रोतको विवरण
➡️. नगरपालिकाको आन्तरिक आम्दानी:
रु. ३४करोड ९१ लाख ५४ हजार
➡️. संघीय सरकारबाट अनुदान:
रु. ७२ करोड ८४ लाख
➡️. प्रदेश सरकारबाट अनुदान:
रु. ३ करोड ९३ लाख ८६ हजार
➡️. राजस्व बाँडफाँट:
रु. २९करोड ३० लाख ५९ हजार
➡️. जनसहभागिताबाट:
रु. १करोड
➡️. दमक अस्पतालको बीमा दावीबाट:
रु. ३९ करोड
यो बजेटले सामाजिक समावेशिता, पूर्वाधार विकास, गुणस्तरीय सेवा प्रवाह, डिजिटल नगर निर्माण, वातावरण संरक्षण, स्वास्थ्य र शिक्षा,कृषि, विपत व्यवसथापन, युवा ,महिला सशक्तिकरण ,खेलकुद विकास जस्ता विषयमा विशेष प्राथमिकता दिएको छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय