आज बिहान अन्दाजी ७:३० बजेको समयमा कमल गाउँपालिका १ स्थित कृष्णे खोलाको किनार (बगर)मा कपडा नभएको अवस्थामा एक पुरुषको शव फेला परेको छ ।
सूचना प्राप्त हुनासाथ प्रचौ तोपगाछीबाट प्रहरी टोली खटिएको थियो।
अनुसन्धानको क्रममा शव १२ वर्षीय सुसान शेर्पा रहेको पुष्टि भएको छ। उनी कमल–१, रतनचौन निवासी मिङमा रेन्जे शेर्पाका छोरा हुन्। सुसान असार ८ गते दिउँसो ३ बजे घरबाट कसैलाई नबताई निस्किएका थिए र त्यसयता सम्पर्कविहीन थिए। परिवारले खोजतलास गर्दा पनि नभेटिएपछि असार ९ गते दिउँसो ३ बजे तोपगाछी प्रहरी चौकीमा हुलिया निबेदन दिएका थिए।


