दुखद खबर !
नोबेल शिक्षण अस्पतालमा कोरोना संक्रमित ३९ वर्षीया महिलाको मृत्यु
विराटनगर, १० असार । कोरोना संक्रमित इलामकी ३९ वर्षीया महिलाको विराटनगरको नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको छ। मंगलबार बिहान ४स्२० बजे भर्ना गरिएकी महिलाको उपचार सुरु हुन नपाउँदै ६ बजे आकस्मिक कक्षमै मृत्यु भएको हो।
श्वासप्रश्वासमा गडबडी र ज्वरो देखिएपछि उनलाई सोमबार बिर्तामोडमा परीक्षण गरिएको थियो, जहाँ कोरोना संक्रमण पुष्टि भएको थियो। अवस्था गम्भीर भएपछि उनलाई विराटनगर ल्याइएको थियो।
शव प्रहरीमार्फत परिवारलाई जिम्मा लगाइएको छ। कोशी प्रदेशमा हालसम्म ८ जना संक्रमित भेटिएका छन्। स्वास्थ्य मन्त्रालयले सतर्कता अपनाउन आग्रह गरेको छ।

All reactions:
Rohan Shrestha and 103 others


