उर्लाबारी / उर्लाबारी नगरपालिकाद्वारा निर्माणाधीन बक्राहा करिडोर अन्तर्गतको सडक निर्माण कार्यको अनुगमन गर्नुहुँदै मेयर गंगाप्रसाद खरेल तथा वडाध्यक्ष तिलककुमार पाण्डे ।
वडाध्यक्ष पाण्डेका अनुसार उर्लाबारी–१ को उतर मिक्लाजुङ सीमाबाट सुरु भएर करिब ३५ सय मिटर लामो यो पुर्वाधार निर्माण गरिएको हो । उहाँले बक्राहा करिडोर अन्तर्गतको सडक निर्माणपछि आवतजावतमा सहजता हुनुका साथै स्थानीयले उत्पादन गरेका कृषिजन्य उत्पादन बजारसम्म लैजान सहयोग पुग्ने अपेक्षा व्यक्त गर्नुभयो ।

नगर प्रमुख खरेलसहितको अनुगमनका क्रममा प्राविधिक टोली, उपभोक्ता समिति र वडाका जनप्रतिनिधिको सहभागिता रहेको थियो । सडक निर्माणको गुणस्तरमा अहोरात्र खटेर सघाएको भन्दै वडाध्यक्ष पाण्डेले स्थानीयवासी प्रति धन्यवाद ज्ञापन गर्नुभएको छ ।




