मधुमल्ला/ मोरङको मिक्लाजुङमा साेमबार मधुमल्ला युवा समूह र नलेज पोइन्ट इन्स्टिच्युटको संयुक्त सहकार्यमा एक विशेष कार्यक्रम आयोजना गरि मिक्लाजुङबाट २०८१ को माध्यमिक शिक्षा परीक्षा (SEE) मा उत्कृष्ट नतिजा ल्याउने सामुदायिक र संस्थागत विद्यालयका पाँच-पाँच जना विद्यार्थीहरूलाई सम्मान गरिएको छ।
सम्मानित विद्यार्थीहरूलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो। यो कार्यक्रमले विद्यार्थीहरूको शैक्षिक उपलब्धिलाई प्रोत्साहन गर्नुका साथै उनीहरूको आत्मविश्वास बढाउने उद्देश्य राखेको थियो। मधुमल्ला युवा समूह र नलेज पोइन्ट इन्स्टिच्युटले स्थानीय स्तरमा शैक्षिक जागरूकता र प्रेरणा प्रदान गर्ने यस्ता कार्यक्रमहरू निरन्तर आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
कार्यक्रममा स्थानीय समुदाय, राजनीतिक दलका प्रतिनिधिहरू , शिक्षकहरू, अभिभावकहरू र विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। यस्ता प्रयासले मिक्लाजुङको शैक्षिक वातावरणलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको मधुमल्ला युवा समुहका अभिमान तामाङले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय