२७ असार / उर्लाबारी
उर्लाबारी नगरपालिकाले पत्रकारिता तथा कर्मचारी सेवामा उत्कृष्ट योगदान पुर्याउने व्यक्तिहरूलाई पुरस्कृत तथा सम्मान गरेको छ।
नगरपालिकाको १४औँ नगरसभा अन्तर्गत शुक्रबार बसेको तेस्रो बैठकमा पूर्वज्योति साप्ताहिकलाई उत्कृष्ट सञ्चारमाध्यम घोषणा गर्दै सम्पादक तथा प्रकाशक जगन्नाथ भट्टराईलाई सम्मान गरिएको हो।
त्यस्तै, हरिप्रसाद कोइरालालाई सक्रिय पत्रकारिता पुरस्कार र ललिता भट्टराईलाई अग्रज पत्रकार सम्मान प्रदान गरिएको छ।
सो अवसरमा कर्मचारीतर्फ राजश्व शाखालाई उत्कृष्ट शाखा घोषणा गरिएको छ। साथै, भवन तथा भू-उपयोग शाखाका इन्जिनियर राजेन्द्र थापा, नगर प्रहरी सञ्जय प्रधान र वडा नम्बर ३ का कर्मचारी दिपेश नेपाल उत्कृष्ट कर्मचारीका रूपमा पुरस्कृत भएका छन्।
उनीहरूलाई नगरप्रमुख गंगाप्रसाद खरेल, उपप्रमुख मीना खतिवडा पौडेल र प्रमुख प्रशासकीय अधिकृत अभयकुमार गुप्ताले दोसल्ला ओढाइ सम्मान–पत्र प्रदान गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय