सुनसरी, इटहरी | चर्चित सौन्दर्य सेवा प्रदायक संस्था फेसियल हाउस ले इटहरीमा आफ्नो १०औं शाखा खोलेको छ।

इटहरी उप–महानगरपालिकाकी उप–प्रमुख संगीता कुमारी चौधरी, इटहरी उद्योग वाणिज्य संघका अध्यक्ष जीवन पराजुली र फेसियल हाउसकी प्रबन्ध निर्देशक सुष्मा महराले संयुक्त रूपमा शाखाको उद्घाटन गरेका हुन्।

कार्यक्रममा बोल्दै उप–प्रमुख चौधरीले सौन्दर्य सेवा आत्मविश्वास र महिलाको पहिचानसँग जोडिएको भन्दै महिलालाई आत्मनिर्भर बनाउन यस्ता व्यवसाय उपयोगी हुने बताइन्।

फेसियल हाउसकी निर्देशक महराका अनुसार सेवाग्राहीहरूको मागअनुसार देशभर शाखा विस्तार भइरहेको छ। इटहरी शाखाबाट स्किन केयर, हेयर केयर, हाइड्रा फेशियल, मेनिक्योर–पेडिक्योर लगायत अत्याधुनिक सेवा उपलब्ध हुनेछ।



