नयाँ दिल्ली । भारतको बिहारको नालन्दा जिल्लाका धेरै तल्लो तटीय क्षेत्रहरूमा बाढीको अवस्था छ । झारखण्डमा वर्षाका कारण बाढी आएपछि फाल्गु नदीमा पानीको सतह निरन्तर बढिरहेको छ ।
जुन २० देखि भारी वर्षाका कारण हिमाचल प्रदेशमा १०६ जनाको मृत्यु भएको छ । साथै, मुसलधारे वर्षा र बादल फुट्ने जस्ता घटनाहरूले ८१८ करोड रुपैयाँको सरकारी र निजी सम्पत्तिमा क्षति पुर्याएको बताइएको छ । दिल्ली–एनसीआरमा पछिल्लो एक हप्तादेखि भारी वर्षा जारी छ । पछिल्लो तीन दिनदेखि निरन्तर वर्षा भइरहेको छ ।




