इलाम जिल्लाको कनकाई र मैनाचुली जल मापन केन्द्रमा शुक्रबार बिहान ५ः३० बजे लिइएको विवरणअनुसार नदीको जल सतह सतर्कता तहको आसपासमा पुगेको छ ।
विभागका अनुसार नदी तटीय क्षेत्रहरू तथा डुबान भइरहने होचो भूभागमा दिउँसोसम्म विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ । हाल देशका विभिन्न स्थानहरुमा भारी वर्षा भइरहेकाले बाढी पहिरो तथा डुबानको सम्भावना रहेको विभागले जनाएको छ ।




