५ साउन, काठमाडौं। नेपाली कांग्रेसका ७ नेता तथा पूर्वपदाधिकारीहरूले कांग्रेस एमाले मिलेर बनेको गठनबन्धन सरकारले संविधान संशोधन प्रक्रियालाई अगाडि नबढाएको गुनासो गरेका छन् ।
सोमबार दिउँसो चाक्सीबारीमा भएको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस नेता कृष्णप्रसाद सिटौंलाले गठबन्धन सरकारले संविधान संशोधन प्रक्रियालाई अगाडि नबढाएको गुनासो गरे ।




